पर्वत: बिद्यार्थीलाई स्कुलमा रोक्नको लागि भत्ता वितरण

Student school

काठमाडौं । कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामाग्रीबाहेक विद्यार्थीलाई भत्ता समेत वितरण गर्न थालेको छ ।

कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा संचालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो ।

प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गत बर्षदेखि प्रतिविद्यार्थी बार्षिक ३६ हजार ४ सय रुपैंयाँ भत्ता दिन थालिएको हो ।

यसबर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् । कक्षा ३ पास गरेका आक्रोश माझी, सीता माझी, निर्मा माझी, कृष्ण माझी र अञ्जना माझीले गत आसोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन् । भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...