दोलखामा मिनी टिपर दुर्घटना हुँदा १ को मृत्यु

Accident logo

दोलखा । दोलखामा मिनी टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

विगु गाउँपालिका ५, चिलंखा स्याँखुबाट सिंगटीतर्फ आउन लागेको बा ५ ख २६६२ नम्वरको ट्रिपर दुसिडाँडामा दुर्घटना भएको थियो । दुर्घटनामा विगु गाउँपालिका ६, आलम्पुका ३० वर्षीय टहलबहादुर थामीको घटनास्थलमै मृत्यु भएको छ ।

सो दुर्घटनामा परी घाइते भएका तिन जनाको सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ जना मन्त्री नियुक्त

Hikmat karki safat

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण ...