पूर्व राष्ट्रपतिलाई चिकित्सा क्षेत्रकै रहर : फर्किएलान् त चिकित्सा क्षेत्रमा ?

Rambaran yadav

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले चिकित्सकीय सेवामा फर्कन संकेत गरेका छन् । उनले राष्ट्रपति हुँदा सरकारी अस्पतालमा नै उपचार गरेको स्मरण गर्दै फेरि चिकित्सकीय जिम्मेवारी निर्वाह गर्ने तयारमिा रहेको बताए ।

बीपी स्मृति सामुदायिक अस्पतालको ११ औं बार्षिक साधारणसभामा सहभागी यादवले चिकित्सकीय सेवामा फर्किएर सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने सोच बनाएको बताए ।

‘आफ्नै नेताको नामको हस्पिटलमा गएर बस्ने कि टिचिङ वा वीर हस्पिटलमा गएर बस्ने ? अलअल अलमल छ’ उनले भने ‘आफ्नै नेताको नाममा खुलेको बीपी स्मृति सामुदायिक अस्पतालमा आउने रहर चाँही छैन ।’

पूर्व राष्ट्रपति यादव राजनीतिमा आउनुभन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक पनि थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका थिए ।

उनी पूर्वस्वास्थ्य मन्त्रीसमेत हुन् । भारतको कोलकत्तामा चिकित्सा शिक्षा अध्ययन गरेका उनी कोइरालाकै संगतमा राजनीतिमा आएका थिए । उनी मेडिसिन विशेषज्ञ हुन् ।

प्रतिकृया दिनुहोस