आदित्यनाथ आउँदा स्वागतमा ७३ लाख खर्च

Yogi samman 1

धनुषा । प्रदेश २ सरकारले रामजानकी विवाह महोत्सवमा जन्तीको स्वागतमा भब्य कार्यक्रम गर्दा खर्च पनि त्यही अनुसार नै गरेको छ ।

विवाह महोत्सवमा जन्ती आएका भारत उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको स्वागतका लागि गरिएको कार्यक्रममा ७३ लाख ८ हजार १ सय ४५ रुपैयाँ खर्च भएको छ ।

मंसिर २६ गते जनकपुरमा भएको रामजानकी विवाह महोत्सवमा सहभागी भएका उतर प्रदेशका मुख्यमन्त्री योगीको सम्मानमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भण्डारा आयोजना गरेका थिए । मुख्यमन्त्री राउतले मधेस भवनमा योगीको सम्मानमा भण्डाराको आयोजना गरेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका अनुसार पण्डाल निर्माण, भण्डार, सम्मान र अतिथि सत्कारमा भएको ७३ लाख ८ हजार १ सय ४५ रुपैयाँ खर्च मन्त्री परिषद्को बैठकले स्वीकृत दिएको छ ।

प्रतिकृया दिनुहोस