वाइड बडी खरीद प्रकरण : प्रतिवेदन सार्वजनिक गर्नु नै बदनियतपूर्ण

Iswar pokhrel

पोखरा । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइड बडी खरीद प्रकरणको सम्बन्धमा उपसमितिले छानबिनको प्रतिवेदन सार्वजनिक गर्नु नै बदनियत देखिएको बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले वाइड बडी खरीद प्रकरणमा उपसमितिले प्रतिवेदन मुल समतिलाई नदिई सार्वजनिक गरिनुले समिति कै काममा शंका देखिएको दावी गरे ।

उनले अहिले सो प्रकरणमा सत्य तथ्य छानविनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको पनि बताए । नेपाल प्रेस संगठन कास्कीले गरेका पत्रकार भेटघाटमा उनले सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले छानबिनको प्रतिवेदन मूल समितिमा नपठाइ सार्वजनिक गर्नु बदनियत देखिएकाले सत्य तथ्य पत्ता लगाउन सो आयोग गठन गरिएको स्पष्ट पारे ।

उनले आयोगले तयार पारिएका प्रतिवेदनको आधारमा दोषी देखिएका व्यक्तिमाथि सरकारले कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए । उनले सरकारले बनाएको उच्चस्तरीय छानविन समितिले सत्य तथ्य पत्ता लगाएपछि दोशी देखिएका जतिलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाए ।

उनले फौजदारी अभियोग लागेपछि संसद् सदस्यता नरह्ने र कारवाही गर्ने तत्कालीन एमालेका सांसदले यसअघिको संसद्को छलफलमा अडान लिएको स्मरण गराए । उनले जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगले प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर संसद्मा शपथ ग्रहण गराइएको जानकारी गराए ।

प्रतिकृया दिनुहोस