रामबहादुर बम्जनको आश्रममा आज पनि छानविन हुने

Rambahadur

काठमाडौं । तपस्विका रुपमा चिनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाढेगाउँस्थित आश्रममा प्रहरीले आज पनि खानतलासी गर्ने भएको छ ।

शुक्रबारदेखि सुरु भएको खानतलासी आज पनि जारी रहने जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख मुकुन्द मरासिनीले बताए ।


आश्रमबाट मकवानपुरका दुई जना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकको प्रहरी कार्यलयसँगको सहकार्यमा खानतलासी सुरु गरेको हो ।

शुक्रबार अनुसन्धान टोलीले आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान गरेको थियो । मकवानपुरका सन्चलाल वाइबा र फूलमाया रुम्बा सिन्धुपाल्चोकको आश्रमबाट हराएको निवेदन प्रहरीमा परेको छ ।

प्रतिकृया दिनुहोस