इलाममा प्रधानमन्त्री ओलीलाई अभिनन्दन

Pm avnndan

इलाम । इलाममा भएको ‘लगानी सम्मेलन’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन गरिएको छ । लगानी सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिकाका तर्फबाट अभिनन्दित गरिएको हो ।

राष्ट्र निर्माण पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्रीलाई नगरले अभिनन्दन गरेको हो । सामान्य परिवारमा हुर्किएरसमेत राष्ट्रका लागि लडेको र मुलुकको परिवर्तनको लागि जेल जीवनसमेत बिताउनु परेको भन्दै प्रधानमन्त्रीलाई अभिनन्दन गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, उद्यमीलगायतको उपस्थिति थियो ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताए । उनले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको क्षेत्रमा तीव्रताका साथ काम गर्न थालेको उल्लेख गरे उनले अहिले राष्ट्र निर्माण अभियान शुरु भएकाले यो अभियानलाई सहयोग गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको पनि बताए ।

‘सरकार एक्लैले विकासमा गति दिन सक्दैन । यसका लागि उद्यमी, व्यवसायीको समेत सहयोग चाहिन्छ’ उनले भने, ‘इलाम मुलुककै अग्रणीमध्येको पनि अग्रणी जिल्ला हो । यहाँ लगानी गरे घाटा हुँदैन ।’

प्रतिकृया दिनुहोस