हटाइयो पिपरिया सडकमा राखिएका निर्माण सामाग्री

Pipariya sadak

महेन्द्रनगर । महेन्द्रनगर झोलुङ्गे पुल सडकको पिपरिया खण्डमा छेउछाउमा थुपारिएका निर्माण सामग्री हटाइएको छ ।

स्थानीयले आफ्ना घर नजिक सडक किनारमा राखेका निर्माण सामग्रीले सवारी दुर्घटना हुन थालेपछि सडक छेउमा राखिएका निर्माया सामाग्री हटाइएको हुन् ।

तिहारको भाई टिकाका दिन सडक खण्डमा सवारी दुर्घट्नामा परी एक युवतीको ज्यान गएपछि सडक किनारमा ती सामग्री हटाउन वडा कार्यालयमाथि दबाव बढेको थियो ।

वडा कार्यालय कार्यालयले टोल विकास संस्था, सुनौलो बिहानी युवा समाज, महिला स्वास्थ्य स्वयम् सेविका, राजनीतिक दल, शिक्षक, विद्यार्थी, आमा समूह र प्रहरीको सहभागितामा निर्माण सामग्री हटाइएका हुन् । ती सामग्री हटाउन सिद्धनाथ माध्यमिक विद्यालय बडैपुरका विद्यार्थीहरु सहभागी भएका छन् ।

सडक किनारमा निर्माण सामग्री सहित झाडी समेत फडान गरी सफाई गरिएको छ । भीमदत्त नगरपालिका वडा नं. १३ मा पर्ने यो सडक खण्ड महाकाली नदीको झोलुङ्गे पुल हेर्न आउने पर्यटक र महाकाली नदीमा ढुङ्गा, बालुवा र गिट्टी बोक्ने सवारीका कारण सडकमा सवारी चाप अत्यधिक हुने गरेको छ ।

सडक किनारका ढुङ्गा, बालुवा र गिट्टी हटाएपछि सडक दुर्घटनामा त्रास हटेको सुनौलो विहानी युवा समाजका अध्यक्ष महेशदत्त भट्टले बताए ।सवारी चापका कारण सडक किनारमा थुपारिएका निर्माण सामग्रीले दुर्घट्नाको जोखिम बढाएको स्थानीय बताउँछन् । निर्माण सामग्री हटाउन जेसिभी प्रयोग गरिएको छ । वडा कार्यालयले निर्माण सामग्री हटाउन कार्तिक २७ गते सार्वजनिक सूचना आव्हान गरेको थियो ।

भीनपा १३ का वडा अध्यक्ष लालबहादुर शाहीले सार्वजनिक सूचनाअनुसार सामग्री हटाउन आनाकानी गरिएपछि सबैको सहभागितामा हटाइएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...