हजार लिटर अवैध मदिरा बरामद गरी नष्ट

Madira nast

काठमाडौं । मङ्गलबार साँझ एक हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न वडा तथा बजारमा महानगरीय प्रहरी प्रभाग साँखुले चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने अन्य सामाग्री नष्ट गरेको हो ।

लुकाइछिपाइ विभिन्न भाडाका सवारीसाधन तथा मोटरसाइकलमा साँखु हुँदै काठमाडौँ भित्र्याउने क्रममा सो मदिरा बरामद गरिएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए ।

सम्बन्धित वडाको वडाध्यक्ष, जनप्रतिनिधि, समाजसेवी र पत्रकारको रोहवरमा बरामद गरिएको मदिरा नष्ट गरिएको हो । बढ्दो घरेलु हिंसा र समाजमा हुने गरेका विभिन्न आपराधिक गतिविधिको रोकथामका लागि महानगरीय प्रहरी प्रभाग साँखुले मदिराको अवैध निर्यात रोक्न नियमित जाँच गर्दै आएको छ ।

समाजलाई सभ्य र सुरक्षित राख्न आग्रह गर्दै खनालले प्रतिबन्धित लागुपदार्थ बिक्री वितरण नगर्न सबैमा आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...