सोमबारदेखि इन्धन सहजै पाइने निगमको दावी

Indhan 5

काठमाडौं । यातायात मजदुरहरुको हड्तालले प्रभावित भएको पेट्रालियम पदार्थको आपूर्ति सोमबारबाट सहज हुने भएको छ । शुक्रवार साँझ यातायात मजदुर र सरकारबीच सहमति भएपछि शनिबारबाट यातायातहरु पूर्णरुपमा सूचारु भएपछि सोमबारदेखि आपुर्ती सहज हुने नेपाल आयल निगमले जनाएको छ ।

इन्धन ढुवानी भने शनिबारदेखि नै सुचारु भइसकेको छ । तर, पेट्रोलपम्प सम्म सहज हुन दुई तीन दिन लाग्ने निगमको भनाई छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार शनिवार ९ लाख लिटर पेट्रोल र १० लाख लिटर डिजेल खपत भएको छ । उनले शनिबारदेखि नै ढुवानी सुरु भएकाले सोमबारदेखि पूर्णरुपमा सहज हुने बताए ।

नेपाल आयल निगमले पेटोलियम पदार्थको ढुवानीमा अवरोध गरेका ट्यांकर मजदुरहरुलाई भने कारवाही गर्ने भएको छ । निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाएपछि घटनाको छानवीन गरी कारवाहीको प्रक्रिया अघि बढाइने छ । इन्धन आपूर्तिमा असहयोग गर्ने चालक र टयांकरहरुलाई सस्पेन गर्ने सम्मको कारवाही हुने निगमले जनाएको छ ।

असोज १ देखि ढुवानी रोकेर ट्यांकर चालकहरु मुलुकी संहिताको विरोध गर्दै आन्दोलन गरेपछि देशभर पेट्रोलियम पदार्थको अभाव देखिएको थियो । हड्तालको असरले गर्दा काठमाडौँमा इन्धनको अभाव शनिबार पनि देखिएको छ ।

निगमले शुक्रवार भैरहवामा ३० र रक्सौलमा ३० जना सरकारी चालकलाई प्लेनबाटै ट्यांकर लिन पठाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...