मृत बच्चा जिवित भेटिदाँ यसरी भयो सप्तरीमा बबाल

Saptari hospital

सप्तरी । चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दै स्थानीयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड गरेका छन् ।

उनीहरुले स्वास्थ्यकर्मीमाथि पनि हातपात गरेका छन् । स्थानीयले अस्पतालमा तोडफोड गरेपछि अस्पतालको आकस्मिक सेवासमेत प्रभावित भएको छ ।

रुपनी गाउँपालिका ६ तेरहौता निवासी अशोक साहका ढेड बर्षीय छोरा अरब साहलाई शुक्रबार साँझ अस्पताल ल्याएका थिए । लडेर बेहोस भएका साहलाई चिकित्सकले बच्चाको मृत्यु भइसकेको भन्दै पोष्टमार्टममा पठाएका थिए ।

तर, शनिबार बिहान बच्चाले आँखा खोलेपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए । बच्चाका आफन्तले तोडफोड गर्दा अस्पतालको आकस्मिक कक्षको झ्यालका सिसाहरु फुटेका छन् । अन्य उपकरणहरुमा क्षति पुगेको छ ।

यसरी भयो लापरवाही
बच्चाको आफन्त तथा गाउँलेहरुको भनाइ मान्ने हो भने शुक्रबार दिउँसो अरब लडेका थिए । त्यसक्रममा रगत आएपछि डिटोल लगाइएको थियो तर, एक छिनमा अरब बेहोस भए । शुक्रबारै साँझ ७ बजेतिर अस्पताल लगिएको थियो ।

चिकित्सकहरुले इसिजी जाँच गरे र बालकको मृत्यु भइरहेको जानकारी गराए । तर, अभिभावकले बच्चाको शरीरबाट कसरी रगत आयो भन्ने ठम्याउन सकेका थिएनन् । स्थानीयले भने बालक लडेको ठाउँमा सर्प देखेको बताएका छन् । त्यो सर्पलाई स्थानीयबासीले एउटा डिब्बामा बन्द गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...