निर्मला हत्या घटनाको सत्यतथ्य पत्ता लगाउन कोक्यापको माग

Nirmala panta

काठमाडौं । शान्तिका लागि साझा अभियान (कोक्याप) ले निर्मला पन्त हत्या घटनाको सत्यतथ्य छानविन गरी जतिसक्दो चाँडो अपराधी पत्ता लगाउन सरकारसँग अपिल गरेको छ ।

कोक्यापका अध्यक्ष बद्रीप्रसाद भुषालले प्रेस विज्ञप्ती जारी गरी शंकास्पद तथा अनुसन्धानको घेरामा रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिई प्रभावकारी रुपमा अनुसन्धान गर्नुपर्नेसमेत माग गरेका छन् ।

‘मृतक तथा घाइतेका पीडित परिवारको जीवन यापनको अधिकार सुनिश्चित गर्नुका साथै घटनाका पीडित परिवार तथा साक्षीहरुको सुरक्षाको प्रत्याभुति गर्नुपर्छ’विज्ञप्तीमा भनिएको छ । कोक्यापले शान्ति पूर्वक भएको आन्दोलनमा वल प्रयोग गरी जनधनको क्षती गराउने सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरुलाई काूनन बमोजिम कारवाही गर्नुपर्ने माग पनि गरेको छ ।

कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं. २ निवासी १३ वर्षीया निर्मलाको यही साउन १० गते बलात्कार पछि निर्मम हत्या भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...