ज्वैलर्सका सञ्चालक २१ तोला सुनसहित पक्राउ

Ck karya karta

सुर्खेत । ज्वैलर्सका सञ्चालक २१ तोला सुनसहित पक्राउ परेका छन् ।

वीरेन्द्रनगर ११ स्थित सुब्बाकुना प्रहरी चौकीको चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा बाँके उपमहानगरपालिका १४ मा रहेको नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्धिन जसगढ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएपी श्यामसिंह चौधरीले जानकारी दिए ।

उनी भे ५ प १८ नम्बरको मोटरसाइकलमा सवार थिए । कर्णाली प्रदेश प्रहरी कार्यालयका, विशेष व्यूरोको टोलीले चेक जाँच गर्न खोज्दा उनी भागी जानेक्रममा पक्राउ परेका हुन ।

‘प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनी भागेका थिए । चेक प्वाइन्टभन्दा तीन सय मिटर पर पुगेपछि प्रहरीले पक्राउ गर्न सफल भयो’, उनले भने , ‘उनीबाट २१ तोला सुनसहित ७९ ग्राम पत्थर पनि बरामत गरिएको छ ।’

जसगढलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर बुझाएर अनुसन्धान भइरहेको उनले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...