अब सबै ‘पोर्न साइट’ बन्द हुने

Gokul baskaot

काठमाडौं । पछिल्लो समय बढेका बलात्कारका घटनाले सरकारको गम्भीर ध्यानाकर्ष गराएको छ । यसरी घटना बढ्नुमा खुल्लेआम पार्ने साइटलाई सरकारले कारकको रुपमा लिएको छ ।

समाजमा विभिन्न खालका अपराधमा बृद्धि भएपछि सरकारले सबै ‘पोर्न साईट’ बन्द गराउने कडा निर्देशन जारी गरेको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सबै पोर्न साइटहरु बन्द गर्न निर्देशन दिएका छन् ।

पछिल्लो समय विभिन्न जिल्लामा बलात्कारका घटनामा बृद्धि भएका छन्, जसको एउटा कारण ‘पोर्न साइट’ को निर्वाध प्रयोग हो भन्ने मन्त्रालयको निष्कर्ष छ ।

‘अनपेक्षित रुपमा जसरी देशभर बलात्कारका घटना भएका छन्, तिनमा ‘पोर्न साइट’ को पनि भूमिका छ भन्ने विश्लेषण मन्त्रालयको राजनीतिक नेतृत्वको छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसैले, त्यस्ता साइट बन्द गर्न मन्त्री बास्कोटाले कडा निर्देशन दिएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...