आत्महत्या गर्न हिँडेका युवकलाई प्रहरी टोलीद्धारा उद्धार

Suicide think

काठमाडौं । आत्महत्या गर्न हिँडेका युवकलाई प्रहरीले उद्धार गरेको छ।

गोरखाको छोप्राक स्थायी घर भइ काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय संजय गुरुले शुक्रवार विहान घरबाट निस्केको केही समयमै दिदी सोनी गुरुङलाई म्यासेज पठाए, आत्महत्या गर्दैछु भन्ने आशयको ।

दिदि सोनीलाई आपत् पर्यो । भाइले म्यासेज नै गरेर आत्महत्या गर्न लागेको जानकारी गराएपछि उनले घरमा फोन गरिन् । घरका मानिस पनि थप चिन्तित बने ।

भाइलाई सम्झाउनका लागि उनले धेरै पटक फोन पनि गरिन् । तर संजयले दिदीको फोन उठाएनन् ।

आफ्नो तर्फबाट कुनै शीप नचलेपछि सोनीले अन्ततः प्रहरीलाई खबर गरिन् ।

संयजले आत्महत्या गर्न लागेको खबर पाएपछि महानगरीय अपराध महाशाखाको टोली परिचालन भयो । प्रहरीले उनको फोन ट्रेस गरेर लोकेसन पत्ता लगायो । उनी काठमाडौंको तार्केश्वर नगरपालिका– ११ शेषमतीमा फेला परे ।

प्रहरीले उनलाई शुक्रवार साँझ करिब ६ बजेतिर फेला पार्यो । उनले आत्महत्याको कारणबारे अनुसन्धान गरेर आफन्तको जिम्मा लगाइएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० धीरजप्रताप सिंहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस