सवारी दुर्घटनामा एकको मृत्यु, एकको अवस्था गम्भीर

A

सिरहा । गए राति सुखीपुर नगरपालिका–२ मा दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु र एक गम्भीर घाइते भएका छन् ।

सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प १११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स२प १३०९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स९प १११ नम्बरको मोटरसाइकल चालक सिरहाको बरियारपट्टि गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो ।

सो घटनामा स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नागरपालिका–५ निमचोक निवासी २६ वर्षीय रामउदगार महतो गम्भीर घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेकोे बताइएको छ

प्रतिकृया दिनुहोस