त्रियुगामा डुबेर एक जनाको मृत्यु

Sab

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ५, त्रियुगा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका वडा नम्बर ४ का ६५ वर्षीय झमेली सदाको घर नजिकैको त्रियुगा खोलामा माछा मार्न गएको बेला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा राखिएको बताएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस