सीमामा भारतीय गिद्धे नजर : क्रमसः मिचिँदैछ नेपाली सीमा

Sima atikraman

काठमाडौं । भारत नेपालको छिमेकी देश हो । तर, भारतले ६ सय वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग अतिक्रमण गरेको पाइएको छ ।

पछिल्लो एक अध्ययनले नेपालको दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले नेपाली भूभाग कब्जा गरेको पाइएको हो ।

भारतसँग सीमाना जोडिएका नेपालका २७ जिल्लाकै भुभाग भारतले कब्जा गरेका छ । भारतले सबैभन्दा बढी लिम्पियाधुरामा ३७ हजार हेक्टर जग्गा कब्जा गरेको छ । भारतले सन् १८५६ देखि कब्जा गरेको लिम्पियाधुरा नेपालका सरकारी नक्सामा समावेश गरिएको छैन ।

कालापानी–लिपुलेकको ६२ वर्गकिलोमिटर भूभाग भारतले सेना राखेर कब्जा गरेको छ । नेपालको नक्सामा नदेखाइएको लिम्पियाधुरा–कालापानी क्षेत्रमा नै ३ सय ७२ वर्गकिलोमिटर जग्गा भारतले कब्जा गरेको छ । २०३२ सालसम्म लिम्पियाधुरा नेपालकै भूभागमा थियो ।

लिम्पियाधुरापछि सुस्तामा धेरै
सन् १९७९ मा लिइएको हवाई फोटोग्राफीबाट नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर निर्धारण गरिएको थियो । तर, अहिले खुम्चिँदै गएको छ । सन् १९७९ गरिएको हवाई फोटोग्राफीमार्फत नेपालको नक्सा १ लाख ४७ हजार एकसय ८१ कायम गरिएको सीमाविद्ध बुद्धिनारायण श्रेष्ठ बताउँछन् ।

कालापानी लिम्पियाधुरापछि सबैभन्दा बढी सुस्ता क्षेत्रमा भारतले नेपाली भूभाग कब्जा गरेको छ । नवलपुरको सुस्तामा १४ हजार ५ हेक्टर जग्गा अतिक्रमणमा परेको छ ।

कञ्चनपुरमा नै ९ स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको छ। झापामा ८, सप्तरीमा ७, पर्सामा ५, ताप्लेजुङ र बर्दियामा ४/४, इलाम, मोरङ, सुनसरी र कैलाली ३/३, पाँचथर, चितवन, रूपन्देही, बाँके, सिरहा, महोत्तरी, सर्लाही, बारामा २/२ स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको छ। दार्चुला, दाङ, कपिलवस्तु, नवलपरासी र रौतहटमा १/१ स्थानमा नेपाली जमिन अतक्रमणमा परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ जना मन्त्री नियुक्त

Hikmat karki safat

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण ...