बिना मन्त्रालय उपप्रधानमन्त्री बने कमल थापा

६२ सदस्य बन्यो इतिहासकै जम्बो मन्त्रिमण्डल

Kamal thapa

काठमाडौं । पटकपटक गरेर ५४ सदस्य मन्त्रिमण्डल बनाएका शेरबहादुर देउवाले फेरि मन्त्रिमण्डल विस्तार गरेका छन् ।

देउवाले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाएका छन् । थापासहित शुक्रबार देउवाले ८ जनालाई मन्त्री नियुक्त गरेका छन् । योसँगै ६२ सदस्य जम्बो मन्त्रिमण्डल बनेको छ ।

शुक्रबार देउवाले जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् भने कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ शनिबार हुँदैछ ।

आफु प्रधानमन्त्री बन्दा माओवादीको साथ पाएका देउवाले माओवादीले एमालेसँग चुनावी गठबन्धन गरेसँगै रुष्ट बनेका थिए । त्यसैको रीसमा देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याएको छ ।

यता देउवाले कमल थापालाई उपप्रधानमन्त्री बनाएर सरकार विस्तार गरेपछि माओवादी नेतृत्वमा तरंग आएको छ । पछिल्लो परिस्थितिबारे माओवादी नेताहरु प्रचण्ड निवासमा पुगेर छलफल गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...