चुरे भावरले लोकतान्त्रिक शक्तिसँग एकता गर्ने

Vumi

काठमाडौँ । भूमिराज निरौला अध्यक्ष रहेको चुरे भावरले लोकतान्त्रिक पार्टीले लोकतान्त्रिक शक्तिहरुसँग चुनावी तालमेल गर्ने भएको छ ।

पार्टी अध्यक्ष भूमिराज निरौलाद्धारा बिहीबार जारी विज्ञप्तिमा चुरे भावर नामका अन्य पार्टी चुरेभावर लोकतान्त्रिकमा एकाकार भइसकेकाले एकमात्र चुरेभावर पार्टी रहेको जनाइएको छ ।

संविधानसभाको दोश्रो निर्वाचनमा पनि भाग लिएको यो पार्टीले भकुण्डो निर्वाचन चिन्ह पाएको छ । देश संक्रमणकालमा रहेको भन्दै चुरे भावरले देशवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता लगाई कडा कारवाही गर्न पनि माग गरेको छ ।
अध्यक्ष निरौलाले देश र जनताको पक्षमा काम गर्नका लागि पार्टी स्थापना गरिएको बताए । ‘ देशमा धेरै किसिमका संकट छन्, ती सबै समस्याको निकासको लागि नयाँ योजना र दृष्टिकोण चाहिन्छ’ निरौलाले भने ‘ हाम्रो पार्टीले सबै जनतालाई न्याया हुने खालको समुन्नत समाज स्थापना गर्ने लक्ष्य राखेको छ, यही मर्म र भावनालाई सम्वोधन गर्ने हाम्रो लक्ष्य हो ।’

चुरेले अन्य साना पार्टीसँग एकीकरण गर्ने तयारीसमेत गरेको महासचिव पुष्पकेशर खड्काले जनाए । ‘ हाम्रो पार्टीलाई संविधानसभाको निर्वाचनमा जालझेल गरियो र प्रचारप्रसारमा रोक लगाइयो र भनेजस्तो मत आएन यसपालि भने जनताको मतले केही परिवर्तन गरेर देखाउँछौं ’ अध्यक्ष निरौलाले भने ‘ पार्टी विस्तारका क्रममा जहाँ गएका छौं त्यहाँबाट राम्रो ‘रेस्पोन्स’ पाएका छौं, यो पार्टी देश र जनताका लागि नै हो भन्ने बुझाएका छौं ।’

प्रतिकृया दिनुहोस