एमाले अध्यक्ष ओली आज तराई जाँदै

Pk oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज तराई जाने भएका छन् । प्रदेश २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि अन्तिम चुनावी सभा सम्बोधन गर्न ओली तराईका विभिन्न स्थानमा पुग्ने भएका हुन् । एमालेले प्रदेश-२ मा समेत पहिलो पार्टी बन्ने अभियान स्वरुप सबै शीर्ष नेतालाई विभिन्न स्थानीय तहमा खटाएको छ।

ओलीले शुक्रबार जितपुर-सिमरा उपमहानगरपालिका र बर्दिया नगरपालिमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए।प्रदेश २ को निर्वाचनलाई सबै दलले प्रतिष्ठाको विषय बनाएका छन् । एमालेले पनि प्रचारप्रसारलाई तिब्रता दिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेता केही दिनअघिदेखि तराईंमै केन्द्रित भएर चुनावी प्रचारमा जुटेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...