राप्रपा एउटा खेमा संशोधनको पक्षमा, अर्काे खेमा विपक्षमा किन ?

Raprapa nepal

काठमाडौं । शनिवार मात्रै संविधान संशोधनमा एक ढिक्का हुने दावी गरेको राप्रपा फेरि संविधान संशोधनमा दुई धार देखिएको छ । यो सँगै एमाले विना संविधान संशोधन गर्ने सरकारको तयारीमा फेरि राप्रपाले भाँजो हालेको छ ।

पछि सरकारमा जाने तयारीमा रहेको राप्रपाको एउटा खेमा संविधान संशोधनको विपक्षमा देखिएको छ । शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाबीच भएको त्रिपक्षीय वातामा राप्रपाले संधोधनको पक्षमा मतदान गर्ने प्रतिवद्धता जनाएको थियो ।

बालुवाटारको छलफलमा पनि कांग्रेस र माओवादीका शीर्ष नेताहरुले संविधान संशोधनमा राप्रपाको धारणाबारे चासो राखेका थिए । सो बैठकमा राप्रपाका नेताहरुले संविधान संशोधनमा आफुहरु सकारात्मक रहेको जानकारी दिएका थिए ।

त्यसको दुई दिन पनि बित्न नपाउँदै राप्रपा दुई खेमा विभाजित भएको छ । एउटा खेमाले संशोधनको समर्थन जनाएको छ भने एउटा खेमाले संविधान संशोधनलाई फेरि परिमार्जन गरी पेश गरे मात्र समर्थन गर्ने जनाएको छ ।

राप्रपाको एउटा खेमाले संविधान संशोधन विधेयकलाई परिमार्जन नगरिए विधेयकको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । नेकपा एमालेले पनि संविधान संशोधनलाई परिमार्जन गर्न माग गर्दै आएको छ ।

असन्तुष्ट समुहमा रहेका सांसद विराज विष्ट संशोधनमा प्रस्ताव गरिएका नागरिकता, भाषा, जनसंख्याका आधारमा प्रतिनिधित्व जस्ता विषयले दीर्घकालसम्म राष्ट्रलाई घाटा पु¥याउने भएकाले आफुहरु संविधान संशोधनको विक्षमा रहेको बताए ।

प्रतिकृया दिनुहोस