संवैधानिक परिषदको बैठकले फेला पा¥यो रोचक तथ्य

Sambaidhanik pa

काठमाडौँ । प्रधानन्यायाधीश सिफारिस गर्न असार ७ मा सिंहदरबारस्थित संवैधानिक परिषदको कार्यालयमा बसेको परिषद बैठकबारे एउटा रोचक तथ्य फेला पारेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नाम सिफारिसमा परेका ६ मध्ये कामु प्रधानन्यायधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा नियुिक्तको प्रस्ताव गरेका थिए ।

तर, देउवाको प्रस्ताव प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले अस्वीकार गरे । ‘अध्ययनका लागि समय चाहिने’ भन्दै ओलीले पराजुलीको नाममा सहमति नजनाएपछि बैठक अनिर्णित भयो ।

परिषदका एक सदस्यका अनुसार देउवाले ओलीलाई पराजुलीको नाममा सहमति जनाइदिन पटकपटक हात जोडेका थिए । ६ पटकसम्म नमस्कार गरेर आग्रह गर्दासमेत देउवा नमानेको स्रोतले बतायो ।

ओली नमानेपछि आगामी १५ असारमा बस्ने गरी परिषद बैठक स्थगित भयो । न्यायपरिषदले जेठ ३० मा प्रधानन्यायाधीशमा पराजुलीसहित सर्वोच्चका न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पोडेलको नाम सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...