प्रधानमन्त्रीमाथि कडा रुपमा प्रस्तुत राजपा

Nepali congress

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनीहरुले मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण तथा धरपकड भइरहेको भन्दै त्यसलाई रोक्न भनेका छन् ।

राजपाका अध्यक्ष महन्थ ठाकुर र नेता अनिलकुमार झाले सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीसँग भेटी नवलपरासी, सुनसरी र कपिलवस्तुलगायत जिल्लामा आफ्ना नेता तथा कार्यक्रर्तामाथि आक्रमण भएकामा आपत्तिसमेत व्यक्त गरेका छन् ।

‘दोस्रो चरणको मनोनयन दर्तासँगै केही जिल्लामा हाम्रा नेता तथा कार्यकर्तामाथि आक्रमण भएको छ, सुरक्षा व्यवस्था कडा बनाउने नाममा तराईका जिल्लामा मान्छे घर बाहिर निस्कन नसक्ने गरी त्रसित बनाइएको छ, हामीले त्यसो नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ’, नेता झाले भने ।

‘सडकमा प्रदर्शनकारी समात्नु एउटा कुरा हो तर घर सुतेको मान्छेलाई पक्रेर मुद्दा लगाउने गरिएको छ । सेना परिचालन गरेर राज्य आतंक मच्चाइएको छ । नवलपरासीमा हाम्रो सभा भइरहेका वेला गोली चलाइयो,किन यस्तो गर्दै हो । नेता झाले आफ्ना कार्यकर्तामाथि झुटा मुद्दा लगाएको भन्दै तत्काल फिर्ता लिन पनि आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...