अन्ततः प्रधानमन्त्रीले दिए राजीनामा

आफु सफल प्रधानमन्त्री भएको दावी

Prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् ।

दाहाल १० महिनाअघि प्रधानमन्त्री बनेका थिए । उनले देशवासीका नाममा सम्बोधन गर्दै आफू सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएकोमा बताए ।

उनले भने ‘राजनीतिको सबैभन्दा ठूलो समस्या इमानको कमी र उपयोगको संस्कृति भएको भन्दै उनले भने, ‘दलहरु र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रै पटक च्यातिएका थुप्रै उदाहरण हामीसँग छन् । सत्ता साझेदारीका हकमा त अहिलेसम्म कुनै पनि समझदारी पालना भएका छैनन् ।’

उनले दोस्रो चरणको चुनाव आफ्नो नेतृत्वको सरकारले नै गराओस् भन्ने सिंगो देश र प्रतिपक्षको सदिक्षाप्रति आभार प्रकट गरे ।

प्रचण्डले संसदमा सम्बोधन गरी राजीनामा दिन चाहेको भए पनि स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दिएपछि उनले देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

दुई दिनसम्म चलेको सहमतिको प्रयास असफल भएपछि प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने निर्णय लिए ।
तर, आफूले नेपाली राजनीतिमा रहेको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको भन्दै उनले भने, ‘नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै म अगाडि बढ्दैछु ।’

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...