पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि ठाकुरदेवी माविलाई

Palika raning cup

धनकुटा । तेस्रो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्री ठाकुरदेवी माध्यमिक विद्यालयले जितेको छ ।

धनकुटाको शहिदभुमी गाउँपालिको आयोजनामा सञ्चालित प्रतियोगितामा विभिन्न खेल विधामा ८ स्वर्ण, १ रजत र ५ कास्य पदक जित्दै श्री ठाकुरदेवी माध्यमिक विद्यालयलले तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो ।

माघ २७ गतेदेखि तीन दिन सञ्चालन भएको पालिकास्तरीय छनौट प्रतियोगितामा ४ स्वर्ण, ११ रजत र ३ काश्य ३ प्राप्त गर्दै श्री पञ्चकृष्ण मावि द्धितिय र ४ स्वर्ण, ७ रजत र ५ काश्य प्राप्त गर्दै टपुदेवी माविले तृतीय स्थान प्राप्त गरेको छ । पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा पालिकाबाट छनोट भएको टिमले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीता जनाउने छन् ।

प्रतियोगितामा पालिका भित्रका १३ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । समापन कार्यक्रम गााउपालिकाको शिक्षा अधिकृत मनोजकुमार पौडेलको अध्यक्षता र सहिदभुमि गाउँपालिकाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस