लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान सुरु, विनाविभागीय मन्त्री आचार्यले गरे पहिलो मतदान

Matdan suru

दाङ । लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान सुरु भएको छ ।

लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री चेतनारायण आचार्यले पहिलो मतदान गरेका हुन् । कर्मचारी मिलन केन्द्र घोराहीमा बिहान १० बजे सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेबाट उम्मेदवार बनेको रोल्पाका कुमार दसौदी र कांग्रेसबाट पनि रोल्पाका माधवप्रसाद आचार्य उम्मेदवार बनेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय पनि उम्मेदवार बनेका छन् ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । रुपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभा सदस्य छाडेका थिए । उनले रुपन्देही -५ बाट उम्मेदवारी दर्ता गरेका थिए तर उनीभन्दा पहिला एमालेबाटै तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएका कारण भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।

उपचिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्य १ जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको १८ हुन्छ । प्रदेशमा कुल मतदाता संख्या ३०५ जना छन्, जसमध्ये प्रदेश सांसदको संख्या ८७ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेशमा १०९ स्थानीय तह छन् । तीमध्ये कांग्रेसले ४८ स्थानीय तहमा जितेको छ । एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थानमा जितेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका छन् । त्यस्तै स्वतन्त्रबाट २ जनाले जितेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...