लुम्बिनीमा आज राष्ट्रिय सभा उपनिर्वाचन हुँदै, उन्मुक्तिलाई तान्ने एमालेको प्रयास

Kumar dashaudi madhav acharya and rajendra raya

दाङ । लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा आज मतदान हुँदैछ ।

प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि आज मतदान हुन लागेको हो । निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

निर्वाचनमा सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु आज हुने चुनावी प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनको लागि सत्तारूढ एमालेबाट रोल्पाका कुमार दसौदी, कांग्रेसबाट रोल्पाकै माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट बाँकेका राजेन्द्रवीर राय मैदानमा छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले सत्ता गठबन्धनका उम्मेदवारलाई साथ दिएको छैन । उसले आफ्नै उम्मेदवार उठाएको छ । एमालेले नागरिक उन्मुक्ति पार्टीलाई आफूतिर तान्ने प्रयास गरेको छ ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ । प्रदेश भार १०९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस