बढ्यो पेट्रोलियम पदार्थको मुल्य, एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत

Petrol mulya

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएपछि निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३/३ रुपैयाँका दरले बढाएको हो ।

१६ माघमा प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर ८.१ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ, मटितेलमा ४.६१ रुपैयाँ र हवाई इन्धनमा ७.८ रुपैयाँ मुल्य बढेर आएकाले मूल्यवृद्धि गर्नुपरेको निगमको स्पष्टीकरण छ ।

योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

निगमले नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्व ३० करोड रुपैयाँ रहेको दाबी गरेको छ । ‘इण्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था छ,’ निगमले विज्ञप्तिमा भनेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...