रास्वपाका निवर्तमान ३ मन्त्रीले गर्ने पत्रकार सम्मेलन अचानक रोकियो

Raswapraswapa 3 mantri

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले गर्न लागिएको पत्रकार सम्मेलन विना कारण रोकिएको छ ।

सोमबार केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्ने पूर्व निर्धारित कार्यक्रम रोकिएको हो । पत्रकार स्थगित गर्नुको कारण भने केही खुलाइएको छैन ।

श्रम, रोजगार तथा सामाजीक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले पत्रकार सम्मेलन गर्न लागेका थिए ।

रास्वपाले सरकारबाट बाहिरिने निर्णय आइतबार गरेको थियो । पार्टीले निर्णय गरेपछि आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रीहरुले राजीनामा बुझाएका थिए ।

नागरिकता मुद्दामा सांसद पदसहित उपप्रधान तथा गृहमन्त्री पद गुमाएका सभापति रवि लामिछानेले नागरिकता प्राप्त गरिसकेपछि पुनः गृहमा फर्कन प्रयास गरेपनि पाएनन्। सोही कारण रास्वपा सरकारबाट बाहिरिएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...