कपिलवस्तु २ मा नेपाली कांग्रेसका अचार्य र पाण्डेय र ३ मा एमालेका गुप्ता विजयी

Gupta kapilbastu

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य र क्षेत्र नं. ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन् ।

आचार्यले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन् । यस्तै राप्रपाका सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमद शाहले ११२३ मत पाएका छन् ।

कपिलवस्तु प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसले पहिलो जित निकालेको हो । कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका छन् । उनी ८९१ मतान्तरले निर्वाचित भएका छन् । पाण्डेयले १४ हजार १८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर लाल श्रीवास्तवले १३ हजार ३९४ मत प्राप्त गरेका छन् ।

०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा श्रीवास्तवसँग पराजित पाण्डेयले अहिले उनलाई पराजित गरेर प्रदेश सभा सदस्य बनेका हुन् ।

त्यसैगरी कपिलवस्तको क्षेत्र नं. ३ मा एमालेका मंगल प्रसाद गुप्ता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका अभिषेक प्रताप शाहलाई पराजित गरेका हुन् ।अन्तिम मतपरिणाम अनुसार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरे । गुप्ताले ३ हजार ६३७ मतान्तरले पराजित गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...