पोखरामा खेलकुद ‘कुम्भमेला’ को भव्य उद्‍घाटन, ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

9th national game

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भएको छ ।

शुक्रबार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन गरिएको हो । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने तालिका भए पनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित भएका हुन् । भव्य रुपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक दीप प्रज्वलन गरे । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरे ।

उद्घाटन समारोहमा झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी हुने टिमहरूले मार्चपाससमेत गरेका थिए । उद्घाटन समारोहमा ३ सय जना स्वयंसेवक खटिएका छन् । उद्घाटन समारोहको अन्त्यमा आतिशबाजी हुनेछ । आतिशबाजीका लागि भारतबाट प्राविधिक पोखरा आएका छन् । रंगशालालाई सिँगारेर चिरिच्याट्ट बनाइएको छ ।

कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि धकेलिएको प्रतियोगिता गण्डकीमा ३९ वर्षपछि आयोजना भएको हो । यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो । नवौंको अधिकांश खेलहरु पोखरा रंगशालामा हुनेछन् । ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...