एमाले गर्‍यो प्रभु साहलाई कार्वाही, रौतहट जिल्ला कमिटी पनि गर्‍यो भंग

Prabhu shah

काठमाडौं । नेकपा एमालेले नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ भने स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका सहइन्चार्ज प्रभु साहलाई कारबाही गरेको छ ।

यसअघि एमाले मधेस प्रदेश कमिटीले रौतहट जिल्ला कमिटी विघटन गरेको थियो । पार्टीविरोधी गतिविधि गरेको भन्दै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी भंग गरिएको हो ।

रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले शुक्रबार साहलाई पार्टीबाट निष्कासन गरेको हो । साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीनिकट केही एमाले नेताले समेत मधेसका केही क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट विद्रोह गरेका साहलाई सत्ता गठबन्धनले समर्थन गर्नेसमेत निर्णय गरिसकेको छ ।

त्यस्तै रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीविरोधी क्रियाकलापमा संलग्न भएको भन्दै पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएका छन् । महासचिव शंकर पोखरेलले उद्धव रेग्मीलाई सहइन्चार्जको जिम्मेवारी तोकेका छन् । साथै अर्को व्यवस्था नभएसम्मका लागि उनलाई रौतहट जिल्लाको इन्चार्ज तोकिएको पनि महासचिव पोखरेलले पत्रमा उल्लेख गरेका छन् ।

 

प्रतिकृया दिनुहोस