थाइल्यान्डको एक शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा ३१ को मृत्यु

Thai police

काठमाडौं । थाइल्याण्डको उत्तर-पूर्वी सहर नोङ बुआ लम्फुस्थित एक प्री-स्कुल शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा कम्तीमा ३१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ । घटनास्थल राजधानी बैंककभन्दा करिब ५०० किलोमिटर उत्तर ग्रामिण क्षेत्रमा पर्छ ।

प्रहरीका अनुसार मृतकमा बालबालिका र वयश्य दुवै छन् भने बन्दुक चलाउने व्यक्ति हाल फरार छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरिएको बताइएको छ । आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको पनि बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारी सेतो रंगको टोयोटाको पिकअप गाडीमा भागेका छन् । बीबीसीले नै एएफपीलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार मृतकमध्ये २३ जना बालबालिका रहेको त्यहाँका उच्च प्रहरी अधिकारीले दाबी गरेका छन् ।

साथै, बीबीसीका अनुसार आक्रमणकारी पूर्व प्रहरी लागुऔषध प्रयोगकर्ता रहेको पाइएपछि प्रहरीले गत वर्ष मात्रै बर्खास्त गरेको थियो । थाइ सञ्चार माध्यमका अनुसार भने उनले आफ्नो श्रीमती तथा बच्चाको समेत हत्या गरेका छन् भने उनी मृत फेला परेका छन् ।

प्रतिकृया दिनुहोस