तेह्रथुममा भवानी खापुङ ह्याट्रिकको तयारीमा, एमाले हेविवेट उम्मेदवारको खोजीमा

Bhawani khapung

तेह्रथुम । पूर्वी पहाडी जिल्ला तेह्रथुममा पनि चुनावी चहल पहल शुरू भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई चुनाव जित्न कांग्रेस माओवादीको सबै भोट पनि अप्रयाप्त हुने देखिँदा बलियो शक्ति एमाले भने हेविवेट उम्मेदवारको खोजीमा छ ।

गत संघीय चुनावमा विजयी भएका एमाले नेता भवानीप्रसाद खापुङ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेपछि आगामी संसदीय चुनावमा एमालेलाई तेह्रथुममा हेभिवेट नेता पाउन सकस छ । सत्तारुढ गठबन्धन र एमाले समान हैसियतमा देखिएको यो जिल्लामा एकीकृत समाजवादीको अवस्था भने अत्यन्तै कमजोर छ ।

हाल गठबन्धन सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका खापुङ गत चुनावमा कांग्रेस नेतृ सीता गुरुङलाई २ हजार २१ मतले हराउँदै लगातार दोस्रो पटक निर्वाचित भएका थिए ।

तेह्रथुममा एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार विजयी भएका थिए । संघमा खापुङले २१ हजार ३ सय ३५ र कांग्रेसकी गुरुङले १९ हजार ३ सय १४ मत ल्याएकी थिइन् । प्रदेशसभाको दुबै सिटमा पनि जितेको एमालेबाट क मा लक्ष्मण तिवारी र ख मा तेजमान तन्दङ्बा विजयी भएका थिए ।

६ स्थानीय तह रहेको तेह्रथुममा गत स्थानीय तह निर्वाचनमा एमाले र कांग्रेसले बराबर तीन९ तीन पालिका जितेका छन् । स्वास्थ्यमन्त्री खापुङको दल भने निल भएको छ ।

एमालेले छथर र मेन्छयामेय गाउँपालिका र जिल्ला सदरमुकाम रहेको म्याङलुङ नगरपालिकामा जित हात पारेको छ । त्यस्तै, कांग्रेसले आठराई र फेदाप गाउँपालिकासहित लालीगुराँस नगरपालिका जितेको छ ।

स्थानीय तहको परिणामका आधारमा एमाले जिल्लाको पहिलो शक्तिका रुपमा देखिएको छ । तर जनमत नै नभएका मन्त्री खापुङ एकीकृत समाजवादीबाट उम्मेदवार बन्ने तयारी गरिरहँदा कांग्रेसकी गुरुङले पनि आन्तरिक तयारी थालेका छन् ।

एमालेबाट तिवारी वा तन्दङ्बा मध्ये एक उम्मेदवार बन्ने सम्भावना छ भने अन्य विकल्पमा पनि छलफल भइरहेको एमालेका नेताहरुले बताएका छन् । यदी खापुङले गठबन्धनबाट टिकट पाए कांग्रेसको सबै मत पाउँदा पनि जित अनिश्चित देखिन्छ ।

तर कांग्रेसकी गुरुङले टिकट पाएमा एमालेका उम्मेदवारसँग चर्को प्रतिस्पर्धा हुने निश्चित छ । उम्मेदवारको खोजिमा रहेको एमाले यो पटक खापुङ बहिर्गमनको घाउमा मल्हम लगाउने मात्रै हैन ह्याट्रिक गर्ने योजनामा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...