कम्युनिस्ट पार्टी कहिल्यै विदेशीको इसारामा चल्दैनन् : माधवकुमार नेपाल

Madhav kumar nepal

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरू कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताएका हुन् ।

कम्युनिस्ट पार्टी कहिल्यै विदेशीको इसारामा चल्न नसक्ने पनि उनको भनाइ थियो । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्त्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने गरेको बताए ।

‘हाम्रो दिमागमा तीन वटा कुरा सदैव रहनुपर्छ । आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव, देशभक्तिको भावना यसबाट हामी विचलित हुन सक्दैनौँ । कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्त्व दिन्छ । विदेशीहरुको सामु लम्पसार पर्दैन । विदेशीहरुका सामु घुँडा टेक्दैन । विदेशीका इसारामा नाच्दैन । विदेशीहरुको स्वादमा चल्दैन । आफ्नो देश, आफ्नो राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रविन्दुमा राख्छ । फलस्वरूप जनताको विश्वास हामी जित्न सक्छौँ,’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले पार्टीको पोलिटब्युरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने पनि बताए । कृषिको सम्बन्धमा बनेको नीति र तरिका अवलम्बन गरी त्यसको समीक्षा गर्न आवश्यक रहेको पनि नेपालको भनाइ थियो । अध्यक्ष नेपालले परिस्थितिको विश्लेषण गर्नु अहिलेको आवश्यक्ता रहेको भन्दै परिस्थितिको ठोस विश्लेषण गर्नसकेमात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमालेले अध्यक्ष ओलीका नेतृत्वमा बनायो निर्वाचन परिचालन कमिटी, को को छन् यो कमिटीमा ?

Kp oli

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ ।...