प्रतिनिधिसभा अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

Karya bewastha samiti

काठमाडौँ ।  कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेरमा बस्दैछ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले आज बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् ।

आजको प्रतिनिधिसभा बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस