कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि सहकार्य गर्ने सत्ता गठबन्धनको निर्णय

Gathabandhan

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धनबीच सहकार्य जारी राख्दै कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल गरेर जाने निर्णय गरेको हो । 

बैठकले स्थानीय तह निर्वाचन जस्तै स्थानीय कार्यपालिका तथा जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल सार्थक बनाउन मातहतका प्रदेश र जिल्ला स्तरीय समितिहरुलाई निर्देशन समेत दिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागि थिए ।

यस्तै, बैठकमा गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समिति संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागि थिए ।

प्रतिकृया दिनुहोस