काठमाडौंमा ९८ मतले अगाडि बढिन् सिर्जना, बालेनको मत ३६ हजार ६१ पुग्यो

Balen shah 7

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनामा सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पछि पारेको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहको भने अग्रता कायमै छ ।

कुल खसेका मतमध्ये ९८ हजार ३४८ मतपत्रको गणना हुँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई ९८ मतले पछि पारेकी हुन् । शनिबार राति सवा ९ बजेको मत परिणामअनुसार सिंहले १९ हजार ६६३ मत पाउँदा स्थापितले १९ हजार ५६५ मत प्राप्त गरेका छन् ।

मत गणनाको सुरुवातबाटै अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको भने मत संख्या ३६ हजार ६१ पुगेको छ । काठमाडौँका घना नेवा बस्ती मानिने क्षेत्रमा महानगर प्रमुखका लागि ठूला दलहरुबीच प्रतिष्पर्धा देखिएको छ ।

मखन टोल, जनबहाल र महाबौद्ध क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको हो । महानगरमा सुरुवातबाटै अग्रता लिँदै आएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको यो क्षेत्रमा पकड कमजोर देखिएको छ ।

काठमाडौँमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मत गणना सम्पन्न भइसकेको छ । अहिले वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६ र २७ नम्बर वडाको मत गणना चलिरहेको छ ।

मत गणना जारी रहेको वडा मध्ये ७, ९, १०, ११ र २६ मा स्वतन्त्र उम्मेदवार शाहको अग्रता देखिएको छ । वडा नम्बर २४, २५ र २७ मा भने उनी कांग्रेसका सिंह र एमालेका स्थापित भन्दा पछि छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...