उपमहानगरपालिकाहरुको मत परिणाम आउँने क्रम सुरु, कहाँ कसले जिते ?

Nirbachan

काठमाडौँ । देशका ११ वटा उपमहानगरपालिकामध्ये दुई वटाका अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बाँकी ९ वटामा अहिले मतगणना जारी रहेको छ । दाङको घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी ३१ हजार ७२८ मतका साथ विजयी भएका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका हेमराज शर्माले २६ हजार ३६८ मत प्राप्त गरे । घोराहीको उपमेयरमा एमालेकै हुमाकुमारी डिसी निर्वाचित भइन् ।

उता बाराको जितपुर सिमरामा माओवादीका राजन पौडेल १८ हजार ७४३ मतका साथ विजयी हुँदा एमालेकी सरस्वती देवी चौधरी १७ हजार ७७९ मतसहित दोस्रो स्थानमा रहेकी छन् । जितपुर सिमराको उपमेयरमा नेकपा एमालेका भोलाप्रसाद अधिकारी १७ हजार ४९२ मतसतिह विजयी भएकी हुन् ।

बाराकै कलैया उपमहानगरमा एमालेका विनोदप्रसाद साह १३ हजार ३२१ मतका साथ अग्र स्थानमा छन् भने कांग्रेसका राजेश राय यादव ८ हजार ६५९ मतका साथ दोस्रो स्थानमा छन् । मकवानपुरको हेटौंडामा गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी मीना लामाले १५ हजार ५१२ मत प्राप्त गरेकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...