एमाले कार्यकर्ताद्धारा चितवनमा कांग्रेस नेता अनिल परियारको छुरा प्रहार गरी हत्या

Anil pariyar bharatpur

चितवन । चितवनको भरतपुरमा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

आइतबार साँझ ७ः३० बजे भरतपुर(१२ निवासी अनिल परियार (कान) को भरतपुर ७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

भरतपुर–७ कृष्णनगर खेलकुद मैदान आगाडी मोटरसाइकलमा हिडिरहेका परियारमाथि एमालेका कार्यकर्ताले आज साँझ छुरा प्रहार गरेका थिए ।छुरा प्रहारबाट घाइते भएका उनलाई तत्कालै चितवन मेडिकल कलेज पुर्याइएको भए पनि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन पुगेका थिए । चितवन पुगेका ओली नेपाली कांग्रेस र माओवादी केन्द्रमाथि खनिएका थिए । चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध उत्तेजित भाषण गरेपछि एमाले कार्यकर्ताहरु आक्रोशित बनेका थिए ।

कानको हत्यापछि चितवनको सुरक्षा व्यबस्था कडा बनाइएको प्रहरीको भनाइ छ । चितवनस्थित कांग्रेसका एक नेताले भने चितवन प्रहरीको कमजोर सुरक्षा व्यबस्थाका कारण आफ्ना कार्यकर्ताको हत्या भएको आरोप लगाएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...