स्थानीय निर्वाचनमा एक भएर अघि बढ्न एकीकृत समाजवादीको आग्रह

Yes ofice

काठमाडौं । सरकारले आगामी बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि सत्ता घटक नेकपा (एकीकृत समाजवादी) ले स्वागत गरेको छ । साथै निर्वाचनकोघोषणा गर्ने सरकार र गठबनधनलाई धन्यवाद पनि दिएको छ ।

एकीकृत समाजवादीले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको छ । साथै गठबन्धनमा सामेल सबै दललाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान पनि गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय सचिवालयको १३औँ बैठकले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीलाई सानदार रूपमा विजयी गराउन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन आह्वान गर्ने निर्णय गरेको छ ।

आगामी वर्ष निर्वाचन वर्ष भएको र यसको प्रारम्भ स्थानीय निर्वाचनबाट हुने भन्दै समाजवादीले पार्टीलाई सानदार रूपमा विजयी गराउन सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन आह्वान गर्ने निर्णय पनि गरेको छ ।

‘लोकतन्त्रको उच्चतम प्रयोग र सुन्दरता भनेको नै निर्वाचन हो र निर्वाचनमा गएर सर्वोत्कृष्ट हुने कुरा हाम्रा लागि गौरवको कुरा हो । यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्दछ । साथै, गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रूपमा निर्वाचनमा केन्द्रित हुन जरुरी छ । यस सन्दर्भमा हाम्रो पार्टी गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान गर्दछ’ बैठकपछि महासचिव डा. वेदुराम भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

आगामी ३० वैशाखमा एकै चरणमा सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा भएकोमा स्वागत गर्दै समाजवादीले सरकारलाई धन्यवाद दिएको छ । निर्वाचनको मिति तोक्न सरकारलाई सुझाब दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई पनि धन्यवाद दिने निर्णय गरेको भुसालले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...