पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन, मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

Askal pradarsan

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गरेका छन् ।

‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । क्याम्पस परिसरबाट सडकमा निस्किएका उनीहरुलाई प्रहरीले रोकेको छ ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३÷३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।

यता, सत्तारूढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले इन्धनको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । सरकारको नेतृत्वकर्ता काँग्रेसको विद्यार्थी संगठनले बुधबार राति बढेको इन्धनको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको हो ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति सार्वजनिक गर्दै महामारीको समयमा नेपाल आयल निगमले गरेको इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

अत्यावश्यकीय वस्तुको पटकपटक गरिएको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै विज्ञप्तिमा आक्रोश व्यक्त गरिएको छ । विज्ञप्तिमा मूल्य वृद्धि जनविरोधी भएको भन्दै भत्र्सनासमेत गरिएको छ ।

महामन्त्री तिमल्सिनाले निगमले संकटको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा सञ्चित रकम उपयोग नगरेको भन्दै आपत्ति जनाएका छन् । महामारीमा उपभोक्तालाई सर्वसुलभ सेवा दिनुको साटो थप पीडा दिने गरी बढेको मूल्य फिर्ता गर्न माग विज्ञप्तिमा गरिएको छ ।

प्रतिकृया दिनुहोस