एमालेका सबै कार्यक्रम स्थगित

Uml office

काठमाडौं । कोरोना भाइरस को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड-१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।

पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाई आयोजना गर्न र स्थानीय नेता–कार्यकर्ता र जनप्रतिनिधिले महामारी विरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि एमालेले आग्रह गरेको छ ।

एमालेले यही माघभित्र सबै प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना अघि सारेकामा ती प्रभावित भएका छन् । गत पुस २३ गते हुन नसकेका जिल्ला अधिवेशनहरु करीब २० जिल्लाको अधिवेशन पनि पर सरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...