हिमानी शाह अमेरिकामा, विभिन्न कार्यक्रममा सरिक हुने

Himani shah

न्यूयोर्क । अमेरिकामा बसोबास गर्ने नेपालीहरूले हिमानी शाहलाई अमेरिकामा स्वागत गरेका गरेका छन् । उनी मंगलबार अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डालस अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन् ।

हिमानी ट्रस्ट युएसएको कार्यक्रमका लागि अमेरिका आइपुगेको आयोजकहरूले जानकारी दिएका छन् । विमानस्थलमा ट्रस्टका पदाधिकारीहरूले उनलाई पुष्प गुच्छा तथा खादाले स्वागत गरेका थिए ।

विमानस्थल पुग्नेहरूमा ट्रस्टका अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, सामाजिक अभियन्ता अनिल पाण्डे , अरुण रुपाखेती, ट्रस्टका केन्द्रीय सदस्य मोहन निरौला,चर्चित समाचार वाचिका रमा सिंहलगायत थिए ।

गत जनवरी १७ मा आयोजित ट्रस्टको पत्रकार सम्मेलनमा हिमानी शाहको अमेरिका आधिकारिक बसाई करिब २ हप्ता हुने जानकारी दिइएको थियो । यस पटक उनी डिसी महानगर क्षेत्र तथा न्यूयोर्कमा हुने कार्यक्रममा सहभागी हुनेछिन् भने भर्जिनियामा जनवरी १८ बुधबार बिहान हिमानी ट्रस्ट युएसएको उद्घाटन कार्यक्रम राखिएको छ । बुधबार साँझ नै मेरिल्यान्ड राज्यमा उनी एक कार्यक्रममा सरिक हुनेछिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...