मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

Province 2 cm office pradesh

जनकपुरधाम । मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा परेको छ । प्रदेश सरकारले मधेश बलिदानी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिलामन्त्री भरतप्रसात साहले प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार बलिदानी दिवस मनाउन आज प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय गरेको छ ।

यसवर्ष सप्तरीको सदरमुकाममा माघ ५ गते विशेष कार्यक्रम गरी दिवस मनाइँदैछ । कार्यक्रममा मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री साहले बताए ।

राजविराजमा हुने कार्यक्रमका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता तथा प्रदेश सरकारका मन्त्री सहभागी हुनेछन् ।

मधेस प्रदेशमा मंगलबार पनि सार्वजनिक बिदा थियो । प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम भएको खुसीयालमीमा सरकारले मंगलबार बिदा दिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...