विद्यार्थीलाई खोप हान्न माघ १५ देखि २० गतेसम्म विद्यालय खुलाइने

Ccmc miting

काठमाडौं । खोप अभियान चलाउनका लागि १५ माघपछि ४ दिन विद्यालय खोल्ने निर्णय भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले विद्यालयमा कोभिड खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाका अनुसार विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने छ । सहसचिव कोइरालाले भने, ‘यो विषयमा निर्णय भइसकेको छ, सम्बन्धित मन्त्रालयले सूचना जारी गरेर कार्यान्वयनमा जान्छ ।’

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकमा कोइरालाले यसबारे जानकारी दिएका हुन् ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायत उपस्थित थिए ।

हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउन पर्ने, अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्नुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

सो बैठकले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिड विरुद्धको खोप लगाउने, विदेशबाट नेपालभित्रने नाकामा एन्टीजेन परीक्षण गर्ने र खोप नलाएकालाई खोप लगाउने व्यवस्था गर्ने र नेपालमा रहेका विदेशी नागरिकलाई पनि खोपको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...