प्रदेश १ का मुख्यमन्त्री कम धनी, अर्थमन्त्री ऋणमा : को कति धनी छन् ? (सुचीसहित)

Pradesh 1 mantri

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण हेर्ने हो भने केही मन्त्री ऋणमा छन् भने केही मनत्रीको भने अकुत सम्पत्ति छ ।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो ऋणमा रहेको देखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले पसल, जलविद्युत आयोजना र बङ्गुर फर्ममा लगानी गरेको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनले आफूसँग २ करोड ९० लाख रुपैयाँ ऋण रहेको पनि जनाएका छन् ।

दोस्रो पटक आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बोले गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४२ लाख ऋण बढेको उल्लेख गरेका छन् ।

आङ्बोको श्रीमती कुमारी लावतीको नाममा पालुङ खोला हाइड्रोमा १० प्रतिशत सेयर छ । मिक्लाजुङमा दुई विघा क्षेत्रमा बङ्गुर फर्म चलाएका उनले २५० वटा बङ्गुर र ३० लाख लगानीमा फेन्सी कपडा पसल खोलेको विवरण भरेका छन् ।

आङ्बोको दाजुको नाममा फिदिममा १० रोपनी, झापामा श्रीमती कुमारी लावतीको नाममा चार कट्ठा जग्गा र घर रहेको उल्लेख गरेका छन् । फिदिममा बुबा नरेन्द्रप्रसाद आङ्बोको नाममा ५० रोपनी रहेको विवरण पेश गरेका मन्त्री आङ्बोसँग १० तोला सुन र २० तोला चाँदी पनि छ ।

आङ्बोले नेपाल इन्भेष्टमेन्ट बैंकमा २ करोड ३५ लाख र एनएमबी बैंकमा ५५ लाख ऋण रहेको उल्लेख गरेका छन् । गत आर्थिक वर्ष आङ्बोले पेश गरेको सम्पती विवरणमा २ करोड ४८ लाख ऋण रहेको उल्लेख गरेका थिए ।

प्रदेश १ मा सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्री राजेन्द्र राईको देखिएको छ । मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा बाबुबाट प्राप्त गरेको पाँच आना जग्गा रहेको विवरण पेश गरेका छन् । त्यस्तै श्रीमती शोभा पाठकको नाममा ६७ लाख ७० हजार र आफ्नो नाममा दुई वटा बैंकको खातामा १९ लाख रुपैयाँ रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।

यता, प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको भने मोरङका विभिन्न ठाउँमा ११ वटा घडेरी देखिएको छ । बुढीगंगा गाउँपालिका– २ स्थायी घर भएका कार्कीले विराटनगरको मुख्य बजारको सात ठाउँमा जग्गा जोडेका छन् । तर ती घडेरी उनको नभई पत्नी शान्तादेवी बस्नेतको नाममा छ ।

विराटनगर महानगरपालिका– ७ को मुख्य बजार क्षेत्रमा ६ वटा घडेरी र विराटनगर– ९ बखरीमा एक विघा २ कट्ठा दुई धुर जग्गा मन्त्री कार्कीकी पत्नी बस्नेतको नाममा छ । बुढीगंगा गाउँपालिका– २ मा घर भएको जग्गाबाहेक ८ धुर, ११ धुर गरी दुई कित्ता र बुढीगंगा गाउँपालिका–८ मा तीन कट्ठा जग्गा छ ।

उनको सम्पत्ति विवरणमा २५ तोला सुन र ८० तोला चाँदीका साथै परिवारका सदस्यको ३६ वटा कम्पनीमा शेयर रहेको पनि उल्लेख छ । कार्कीको बैंकमा वचत एक लाख रुपैयाँ छ भने श्रीमतीको कृषि बिकास बैंकमा रहेको खातामा २३ लाख ८ हजार र एभरेष्ट बैंकमा ८२ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । छोरा शाकेतबाबु कार्कीको नाममा १ लाख १२ हजार र शाब्दिकबाबु कार्कीको नाममा ३ लाख ४७ हजार रुपैयाँ छ ।

भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले करिब साढे ९ विघा जग्गा रहेको विवरण पेश गरेका छन् । कृषि विकास बैकमा मन्त्री कार्कीको नाममा रहेको खातामा ४० लाख रुपैयाँ बचत छ ।

उनको नाममा उदयपुरको त्रियुगा नगरपालिका– २, ७ र ८ का पाँच स्थानमा गरी ९ विघा ८ कट्ठा जग्गा छ । जग्गाको स्रोत पैतृक सम्पत्ति उल्लेख गरेका कार्कीले बचत रकम तलब भत्ताबाट प्राप्त भएको उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन, ३० तोला चाँदी, दुई वटा भैंसी, कुखुराको फर्म र ३ वटा माछा पोखरी पनि छ ।

यता, सामाजिक विकास मन्त्री जयराम यादवले काठमाडौँमा घर रहेको विवरण पेश गरेका छन् । काठमाडौंको घरबाहेक मोरङ र काठमाडौंंको ८ स्थानमा जग्गा रहेको उल्लेख गरेका छन् ।

यादवको काठमाडौँ महानगरपालिका–३५ मा घर छ । २०६९ सालमा घर खरिद गरेको विवरण पेस गरेका मन्त्री यादवको विराटनगरमा पैतृक सम्पत्ति र घर छ । काठमाडौँको जितपुरमा घडेरी र मोरङको विभिन्न सात स्थानमा जग्गा छ भने ५१ तोला सुन र ३ किलोग्राम चाँदी पनि छ ।

यादवको परिवारसँग साढे १६ लाख रुपैयाँ बचत छ । उनले सप्तकोसी पोल्टी फर्ममा २५ लाख शेयर लगानी गरेका छन् । इटहरीको कन्चनजंगा बोडिङ स्कुलमा यादवको २१ लाख लगानी छ । त्यसबाहेक विभिन्न ८ वटा कम्पानीको शेयर किनेका छन् ।

सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेको नाममा इटहरीमा १२ धुर घडेरी छ । घडेरीको स्रोत श्रीमानले अमेरिकामा गरेको कमाइ उल्लेख गरेकी तुम्बाहाम्फेले १२ तोल सुन र सात लाख रुपैयाँ बचत रहेको विवरण पेश गरेकी छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...