रुकुम पश्चिममा चट्याङ्ग लागेर चार जना घाइते

Images9854

रुकुम । रुकुम पश्चिममा हिजो बेलुका चट्याङ्ग लागेर चार जना घाइते भएका छन्।

जिल्लाको त्रिवेणी गाउँपालिका- ९ की ४० वर्षकी रेवती कामी, ७३ वर्षका वीरपत खड्का, ५३ वर्षकी मनकला ओली र ३४ वर्षकी झरना डाँगी चट्याङ्ग लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए ।  प्रहरी निरीक्षक शर्माका अनुसार घाइतेमध्ये वीरपत, मनकला र झरनाको अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । रेवतीको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

चट्याङ्ग लागेर त्रिवेणी गाउँपालिका - ७ का गुमानसिंह ओलीको घरमा सामान्य क्षति पुगेको छ भने त्रिवेणी गाउँपालिका - ९ का मानसिङ केसीका तीन ओटा बाख्रा मरेका छन् ।  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्रदेश १ का मुख्यमन्त्री कम धनी, अर्थमन्त्री ऋणमा : को कति धनी छन् ? (सुचीसहित)

Pradesh 1 mantri

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री र ...