सिंहदरबार प्रवेशमा कडाई, प्रधानमन्त्री निवास बालुवाटारमा फैलियो संक्रमण

स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज

Sinhadarabar prabesh

काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जनाएको छ ।

कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ । मन्त्रालयले बुधबार जारी गरेको सूचनाअनुसार सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउनेछन् ।

यता, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो ।

दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि पीसीआर गर्न लागेका छन् । देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्रीले बिहीबार फेरि पीसीआर गराउने बताए ।

हेर्नुहोस् सूचना

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...